विवादीत प्रमुख पण्डितलाई हटाइयो, मालपोतमा नयाँ प्रमुख हाजिर [समाचार प्रभाव]

राजविराज, २७ मंसिर– व्याप्त घुसखोरी रहेको भन्दै सेवाग्राहीले गुनासो गरिरहदा समेत सरुवा भएको एक महिनाभन्दा बढी भइसक्दा पनि रमाना लिन अनाकानी गर्दै आएका भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजका प्रमुख शिवशरण पण्डितलाई हटाइएको छ ।

सो विषयमा ‘मधेशलाइभ’ले समाचार सार्वजनिक गरेपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले पण्डितलाई हटाएर बुधवार भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजका प्रमुखमा केशव झालाई पठाएको हो । पण्डितलाई गत कार्तिक १५ गते नै जिल्ला प्रशासन कार्यालय, रौतहट पदस्थापन भइसक्दा पनि रमाना लिन अनाकानी गर्दै आएका थिए ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीअनुसार छानविन गरिरहेको छ भने आयोगले सोबारे १५ दिनभित्र छानविन गरी राय प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गरेको थियो ।

सोअनुसार विभागले मंसिर १७ गते मालपोत कार्यालयमा पत्राचार गरेको छ भने गलत कामकारबाहीहरु हुन नदिन कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । ‘कहिकत्तै भए गरेको पाइएमा अविलम्ब कारबाही अगाडी बनाउनू’ पत्रमा उल्लेख छ ।

यो पनिः

काप्र पण्डितको मालपोत मोह : सरुवा भएको महिना दिन, रमाना लिन अनाकानी

मालपोतमा पाइलैपिच्छे घुसखोरी, विभागलाई अख्तियारको पत्र

 

Author:



क्याटोगरी छान्‍नुहोस