बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

जनकपुरधाम – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

मंसिर १५ गतेको सुनुवाइमा पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरह नै देखिएको भन्दै धरौटीमा छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पुगेको हो ।

अब खाणले ३० लाख धरौटी बुझाएपछि उनलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोधपुछ गर्नेछ । त्यसपछि मात्रै खाण थुनामुक्त हुनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस