तीन दिनदेखि ग्रीस सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

राजविराज, २९ मंसिर– सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देवको खोजीका लागि पहल गरिदिन परिवारले आग्रह गरेका छन् ।

गत बुधवार दिउँसोदेखि नै ग्रीस वेपत्ता रहेको उनका बुवा उपेन्द्र प्रसाद देवले बताए । ‘दिउँसो सवा २ बजे टियुशन पढ्नकालागि निस्केका ग्रीस अझैंसम्म घर फर्केको छैन्’ उनले मधेशलाइभसँग भने, ‘खोज खबरकै क्रममा त्यो दिन ग्रीस टियुशन पढ्न पनि पुगेको थिएन ।’

सबैतिर खोजी गरिसक्दा समेत ग्रीस फेला नपर्दा गुहार्न बाध्य भएको उनले दुखेसो गरे । ‘सधैं साढे ५ बजे साँझसम्म टियुशन सकाएर घर फर्किहाल्थ्यो । बुधवार नियमित समयमा घर नफर्किपछि हामीले ग्रीसले बोक्ने मोवाइलमा फोन गरे तर त्यो दिन मोवाइल पनि घरमै विर्सेर टियुशन पढ्न गएको रैछ’ उनले भने, ‘त्यसपछि हामीले आफ्न्त र ग्रीससँग मिल्ने उनका साथीहरुसँग पनि खोज खबर गरे तर कत्तै फेला पार्न सकिन र कसैलाई ग्रीसबारे कुनै जानकारी पनि छैन् ।’

ग्रीसको खोजी गरिदिन प्रहरीमा पनि उजुरी गरेको बताउँदै देवले छोराको चिन्ताले निन्द्रा हराएको दुखेसो गरे । ‘प्रहरीमा उजुरी गरिसकेको छु, प्रहरीले पनि खोजी कार्य गरिरहेको प्रतिक्रिया पाए, तपाईहरु पनि खोजी कार्य सहयोग गरिदिनू’, उनले सबैमा अपिल गरे । सम्पर्कविहीन ग्रीस मिशन कलेजमा कक्षा १२ मा अध्ययरत छन् ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले सम्पर्कविहीन ग्रीसको खोज तलास भइरहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस