थमन विक प्रकरण : आन्दोलनकारीमाथि भएको जन्मकैदको फैसलाप्रति जनमत पार्टीको आपत्ति

जनकपुरधाम–जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका प्रदेश सभा सदस्य अभिराम शर्मा लगायतमाथि भएको जन्मकैदको फैसलाप्रति आपत्ति जनाएको छ ।

जनमत पार्टीको प्रवक्ता डा.शरतसिंह यादवले आज विज्ञप्ति जारी गर्दै महोत्तरी जिल्ला अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएका हुन् ।

मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले मधेश आन्दोलन तथा किसान आन्दोलन लगायत अधिकार प्राप्तिका लागि गरिएका आन्दोलनको मर्म तथा भावना माथि कुठाराघात गरेको ठहर गर्दै जनमत पार्टीले सशस्त्र जनयुद्धमा भएका घटनामध्ये कतिपय मुद्दामा हालसम्म पीडितले न्याय नपाएको तर मधेसी आदिवासी जनजाति थारु मुस्लिमले गरेको आन्दोलनमा भएको घटनामा अदालतले फैसला दिनु भनेको सीमान्तकृत जनता माथिको विभेद रहेको उल्लेख गरेको छ । मधेस तथा किसान आन्दोलनलगायत अधिकार प्राप्ति आन्दोलनमा लगाइएका सबै झुटा मुद्दाहरू अविलम्ब फिर्ता लिन जनमतले माग गरेको छ ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो । प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद अभिराम शर्मालाई जन्मकैदपछि लोसपामाथि सरकार छाड्ने दबाब अभिराम शर्मालाई जन्मकैदपछि लोसपामाथि सरकार छाड्ने दबाब यही मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।

विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780