कोशी पलारबाट २ सय ४० किलो गाँजा बरामद

राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा विहिवार दिउँसो बिओपी बरसाईनबाट खटिएको टोली हनुमाननगर कंकालिनी नगरपालिका–८ कोशी पलारबाट उक्त गाँजा बरामद गरेको हो ।

आठ वटा बोरामा प्याक गरिएको अवस्थामा बरामद गरिएको उक्त गाँजा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस