बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ जना घाइते

जनकपुरधाम–बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा ३(००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।

घाइतेहरूको हेटौंडा अस्पताल र चितवनका अस्पतालमा उपचार भइरहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस