कोशीका मुख्यमन्त्रीको शुभकामना सन्देशमा प्रदेशकै नाम गायब भएपछि आलोचना

राजविराज–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा जारी गरिएको शुभकामना सन्देशमा प्रदेशकै नाम गयब भएपछि आलोचना भइरहेको पाइएको छ ।

उनले आइतवार तमु ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गरेका थिए । तर, मुख्यमन्त्रीले बिहानै सार्वजनिक गरेको शुभकामना सन्देशको लेटरहेडमा प्रदेशको नाम गायब छ । ‘विराटनगर नेपाल’ मात्रै रहेको लेटरप्याडमा प्रदेशको नाम नै गायब देखिएपछि उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने प्रश्न सन्जालमा ओइरियो ।

प्रदेश नामकरणका बेला ‘कोशी’ का पक्षमा मतदान गरेका मुख्यमन्त्री कार्कीतिर अर्को प्रश्न पनि सोझियो, नाम फेर्नुपर्ने आवाज उठाउनेहरुलाई सम्बोधन गर्नै खोजेका हुन् ?

सामाजिक सन्जालमा यसबारे चर्को आलोचना भएपछि मुख्यमन्त्रीको सचिवालयले केहीबेरमै अर्को शुभकामना सन्देश सार्वजनिक गर्यो, जसको लेटरहेडमा ‘कोशी प्रदेश विराटनगर नेपाल’ लेखिएको छ ।

‘मैले त होइन तर जसले गरे पनि गल्ती भयो, सच्याएर अर्को आइसकेको छ’, सचिवालयका एक जना सल्लाहकारले भने ‘यो मानवीय त्रुटी हो। नियत होइन ।’

सुरूको र सच्याइएको विज्ञप्ति
Author:



क्याटोगरी छान्‍नुहोस