कानून निर्माणमा ध्यान दिन पार्टीका सांसदहरुलाई जसपाको निर्देशन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलबार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्र्र्रित हुनेगरी संसदका आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।

कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देशन गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस