स्वतन्त्र प्रदेश सांसद अनिरुद्धप्रसाद जसपामा प्रवेश

राजविराज – सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) का  स्वतन्त्र प्रदेश सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

शनिबार सप्तरीको बोदे बर्साईन नगरपालिका-५ मा आयोजित एक कार्यक्रममा उनी जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रुपमा पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टीमा प्रवेश गरेका यादव पछिल्लो निर्वाचनमा ९ हजार ९८५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी जसपाका अभिषेक यादवले ७ हजार ९२० मत ल्याएका थिए 

Author:



क्याटोगरी छान्‍नुहोस