अवैध आइफोनसहित आलम पक्राउ

राजविराज – सशस्त्र प्रहरीले सप्तरीको बलान विहुल गाउँपालिका–४ स्थित बोर्डर ईलाकाबाट अवैध पाँच थान मोबाइलसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका–५ का १९ वर्षीय उमर फारुक आलम रहेका छन् ।

बीओपी बेल्हीबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा सवार भई आउँदै गरेका आलमलाई चेकजाँच गर्दा विभिन्न मोडेलका चार थान आइफोन र एक थान सामसुम अवैध मोवाइल बरामद गरेको हो ।

उक्त मोवाइलसहित आलमलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस