रुपनीमा अख्तियारको टोली, केही फाइल लग्यो

राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतवार सप्तरीको रुपनी गाउँपालिका पुगेर केही फाइल लगेको छ ।

आयोगको इटहरीस्थित टोलीले गाउँपालिकाबाट औषधि खरिद गरिएको फाइल लगेको श्रोतले बताए । ‘औषधि खरिदमा अनियमितता भएको छ भनि आयोगमा उजुरी छ’ श्रोतले भन्यो, ‘छानविनको क्रममा स्थलगत पुगेर सो सम्बन्धी फाइल संकलन गरेको हो ।’

यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तारणीप्रसाद यादवले आयोगको टोलीले केही फाइल लगेको बताए । ‘कोरोनाको बेलाकै केही फाइलहरु फोटोकपी गरेर लानुभएको छ’ उनले भने, ‘अरु केही होइन ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780