लहानका युवा वैज्ञानिक गुप्ताको अविष्कार पकेट एक्स–रे, तौल मात्र ८६ ग्राम 

जनकपुरधाम, १३ फागुन । मधेश आन्दोलनको क्रान्तिभूमी अर्थात सिरहाको लहान जन्मथलो भएका एक ३३ वर्षीय युवा वैज्ञानिक डा. अमरप्रसाद गुप्ताले प्रविधि क्षेत्रमा नयाँ अविष्कार गरेर संसारलाई चकित पारेका पारेका छन् ।

भौतिकशास्त्रमा पीएचडी गरेका उनले खल्तीमा बोक्न सकिने र विकिरण तथा रासायनिक खतराहरूबाट मुक्त एक्स–रे बनाएर उदाहरणीय अविष्कार गरेका हुन् । छ महिनाको अथक प्रयास पश्चात डा. गुप्ताले यस्तो ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् ।
हाम्रो हात भन्दा सानो एक्स–रे प्रणालीको तौल मात्र ८६ ग्राम रहेको छ । पकेटमै  राख्न सकिन,े मात्र दुई ओटा एएए ब्याट्रीबाट चलाउन सकिनेछ । २०२३ डिसेम्बरमा शिकागोमा आयोजना गरिएको रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकामा आयोजित  बैठकमा उनले आफ्नो अनुसन्धानबारे प्रस्तुतिकरण गर्ने अवसर पाएका थिए । भौतिक शास्त्रमा उत्कृष्ट योगदानका लागि ट्रेनी रिसर्च पुरस्कारबाट उनलाई अमेरिकामै सम्मानित भएका छन् ।
सीएनटी एक्स–रे टेक्नोलोजीमा अग्रगामी नर्थ क्यारोलिना विश्वविद्यालयका प्रोफेसर ओटो झोउबाट उनी पुरस्कृत भएका छन् । आरएसएनएले गैर–क्लिनिकल, विशुद्ध भौतिकशास्त्र र इन्जिनियरिङ परियोजनालाई अवार्डसहित पहिलो पटक मान्यता दिइएको हो । पकेट–आकारको एक्स–रे प्रणाली पातहरू र पातलो जैविक पदार्थहरू जस्ता नरम सामग्रीहरू इमेजिङ गर्न विशेष रूपमा प्रभावकारी रहेको जनाईएको छ ।
यो एक्स–रे डिटेक्टरहरूको सञ्चालन परीक्षणको लागि उपयुक्त छ र पोर्टेबल छाला रेडियोथेरापी मेसिनको रूपमा सेवा गर्ने क्षमता छ । एमडी निवासीहरूलाई रेडियोलोजिकल र न्यूक्लियर फिजिक्स सिकाउने र संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका वरिष्ठ वैज्ञानिक समेत रहेका बीपीकेआईएचएसका सहायक प्राध्यापक डा. अरुण गुप्ताले यो पकेट एक्स–रे प्रणाली शिक्षणका लागि बहुमूल्य र सुरक्षित शैक्षिक उपकरण हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।
डा. गुप्ताले हात, खुट्टा र दाँतको तस्बिर खिच्न सक्ने पकेट साइजको एक्स–रे मेसिन बनाउन भविष्यमा यस्तै प्रविधि प्रयोग हुने आशा राखेका छन् । डा. अमर हाल हार्वर्ड मेडिकल स्कूलमा पोस्टडक्टोरल रिसर्च स्कालर छन् । जुन बोस्टन, म्यासाचुसेट्सको म्यासाचुसेट्स जनरल अस्पतालसँग सम्वद्ध छ ।
सामान्य परिवारबाट सङ्घर्ष गर्दै आफ्नो अथक मेहनत र क्षमताको बलमा उनले यस्तो ऐतिहासिक सफलता प्राप्त गरेका हुन् । उनका पिता अर्जुन प्रसाद गुप्ता (दर्दिला) चर्चित साहित्यकार हुन् भने माता गृहिणी हुन् ।
डा. गुप्ताले प्राप्त गरेको अवार्डहरुः
१. ट्रेनी रिसर्च अवार्ड २०२३ः रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिका (आरएसएनए) शिर्षक ः –“दिगो रेडियोग्राफीमा एक प्रतिमान अनावरण गरियोः नरम एक्स–रे इमेजिङ र विकिरण प्रणालीहरूको लागि विश्वको सबैभन्दा सानो र हल्का कार्बन नानोट्यूब–आधारित पकेट एक्स–रेद्वारा विशेषता । कम ऊर्जा खपत र ब्ब्ब् ब्याट्रीहरू द्वारा संचालित ।“ शिकागो, संयुक्त राज्य अमेरिका २०२३
२. सर्वश्रेष्ठ मौखिक प्रस्तुतिकरण पुरस्कार २०२३ः विकिरण संरक्षणको कोरियाली संघको वसन्त सम्मेलन शीर्षकः “कम–डोज विकिरण स्रोतको रूपमा सीएनटीमा आधारित अत्यधिक बलियो डिजिटल एक्स–रे ट्यूबको विकास र विशेषता“ बुसान, गणतन्त्र कोरिया । २०२३
३. सिल्भर एल्सेभियर यङ्ग स्कॉलर अवार्ड्स ३२औं अन्तर्राष्ट्रिय सम्मेलन हीरा र कार्बन सामग्री (आइसीडिसीएम २२), शीर्षकः “धातु सब्सट्रेटमा सीएनटिएम उच्च वर्तमान भ्याकुम उपकरणहरूको लागि टु डीदेखि थ्री डी फिल्डमा प्रतिमान परिवर्तन उत्सर्जक“ लिस्बन, पोर्चुगल २०२२ राष्ट्रपति छात्रवृत्ति (३ वर्ष पीएचडी अध्ययन) क्युङ ही विश्वविद्यालय सियोल, कोरिया गणतन्त्र २०२३ ।
४. सर्वश्रेष्ठ थेसिस पुरस्कार प्राकृतिक विज्ञान कलेज, क्युङ ही विश्वविद्यालय थेसिस शिर्षकः “अनुसन्धानमा एक्स–रे स्रोत अनुप्रयोगहरूको लागि मिश्र धातु सब्सट्रेटहरूमा सीधा विकसित सीएनटी क्षेत्र उत्सर्जकहरूको कार्यसम्पादनमा वृद्धि“ सियोल, गणतन्त्र कोरिया २०२० ।
५. कोरियाली सोसाइटी अफ विकिरण उद्योगको सर्वश्रेष्ठ मौखिक प्रस्तुतिकरण पुरस्कार २०१८, अन्तर्राष्ट्रिय सम्मेलन शिर्षकः “ट्याब्लेटप उच्च–रिजोल्युसन स्तन नमूनाको विकास क्षेत्र उत्सर्जन कार्बन नानोट्यूब एक्स–रे स्रोतमा आधारित इमेजिङ प्रणाली ।“ येओस,ु गणतन्त्र कोरिया २०१९
६. राष्ट्रपति छात्रवृत्ति (२ वर्ष मास्टर अध्ययन) क्युंग ही विश्वविद्यालय सियोल, कोरिया गणतन्त्र २०१८–२०२०
७. ग्लोबल कोरिया छात्रवृत्ति (४ वर्ष स्नातक र एक वर्ष भाषा अध्ययन) शिक्षा मन्त्रालय, कोरिया गणतन्त्र, कोरिया गणतन्त्र २०१२–२०१७
८. कास्य पदक एशियाई विज्ञान शिविर (नेपालमा प्रतिनिधित्व) (लिन्डाउ नोबेल पुरस्कार विजेता बैठकहरूको एसियाली संस्करण) शीर्षकः “मार्स मार्स म घर आउँदैछु; मानव अस्तित्वको लागि मंगल ग्रहको टेराफार्मिङमा अनुसन्धान “कास्ट, दाजोन, कोरिया गणतन्त्र २०११
Author:



क्याटोगरी छान्‍नुहोस