गृहमन्त्रीको निर्देशन–जोसुकै होस् फरक पर्दैन, सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउनू

राजविराज, १२ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्तिको कब्जामा रहेका सरकारी र सार्वजनिक जग्गाहरु सरकारको नाममा ल्याउन निर्देशन दिएका छन् ।

शनिवार सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन र भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण कार्यक्रममा बोल्दै उनले सोबारे स्पष्ट गरेका हुन् ।

‘यहाँ पनि थुप्रै सरकारी र सार्वजनिक जग्गा गैरकानूनी ढंगबाट व्यक्तिले कब्जा गरेको छ भनि मलाई रिर्पोट छ’ उनले भने, ‘जोसुकै होस् फरक पर्दैन, सरकारी स्वामित्वको जग्गा र सार्वजनिक जग्गा गैरकानूनी, अनियमित ढंगले जालसाजी गरेर बलजप्ती कब्जा गरेको छ भन्ने सरकारको नाममा ल्याउनु र सार्वजनिक जग्गा बनाउनु भनि आजै मात्रै जिल्ला सुरक्षा समितिका साथीहरुलाई मैले कडा निर्देशन दिएको छु ।’

व्यक्तिको कब्जामा परेका ती जग्गाहरु फिर्ता हुने भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘कसैले पहिला गर्या भन्न पाउँदैन्, खरोडौंको ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको थियो, त्यो सरकारको नाममा फिर्ता आइसक्यौ, त्यस्तै अरु जग्गाहरु पनि आउँदैछन् ।’

मन्त्री श्रेष्ठले ती विषयमा देशभरिकै प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर गरिसकेको बताए । ‘अब सरकारी स्वामित्वको जग्गा र सार्वजनिक जग्गा वा लिँजमा दिइएको तर प्रयोजनभन्दा फरक ढंगले प्रयोग गरेको छ भने ती सबै तथ्य विवरण मन्त्रालयमा पठाउनू र ती जग्गाहरु पूर्वतः सरकारी नाममा ल्याउनू भनि प्रमुख जिल्ला अधिकारीहरुलाई सर्कुलर गरिसकेका छौं ।’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780