मधेशको विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

लहान–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार सिराहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

मधेशको विकास नभईकन देशको विकास नहुने भन्दै मधेशको विकासमा आफू निरन्तर लागिपर्ने बताए । ‘तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्नेछ’ उनले भने, ‘यसपटक आफूले सङ्घीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको छु, संघीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले सङ्घीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालकै सबैभन्दा लामो उक्त पुलको लम्बाइ १ हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस