पहिचानका आधारमा प्रदेशहरुको नामाकरण गर्न ढिलाई गर्नु हुँदैन : अध्यक्ष उपेन्द्र

ललितपुर–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गरेका छन् ।

शनिवार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानका आधारमा प्रदेशलाई नामाकरण गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामाकरण गर्यो, त्यो हामीलाई मान्य छैन’ उनले भने, ‘जसपा अध्यक्ष यादवले भने, ‘नामाकरणको बिषयमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’

‘पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेश बाहेक बाँकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामाकरणको आन्दोलनले बिष्फोटक रुप लिन सक्ने दाबी गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस