डाँका मुद्दा प्रकरणमा गृहमन्त्री भन्छन्-कोहीँकत्तै भुलचुक भएछ भने त्यसलाई सच्चाईन्छ

राजविराज – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आम जनताहरुको पक्षमा रहेको बताएका छन् ।

अदालतबाट परमादेश भएको डेढ महिना भइसक्दा पनि प्रहरीले सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका विरुद्ध चोरी डाँका मुद्दामा जाहेरी दर्ता गर्न अनाकानी गरिरहेको भन्दै मधेशलाईभले सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

शनिबार जिल्लाको कल्याणपुरस्थित एक कार्यक्रममा सहभागी हुन आएका मन्त्री श्रेष्ठले पत्रकारसॅंग संक्षिप्त कुरा गर्दै भने, ‘मलाई तथ्य थाहा छैन्, म बुझ्छु । हाम्रो सरकारले कडाइपूर्वक भनेको छ। कोहीँ ठुलोबडा हुँदैन । सबै समान छन् । धनि होस्, गरिब होस्। पहुँचबाला होस्, पहुँच नभएकाहरु होस्।’

उनले  हाम्रो सरकारले कुनै पक्षपातको नीति नलिएको बताए । ‘आम जनताहरुको पक्षमा हाम्रो सरकार छ । त्यस कारणले निष्पक्षतापूर्वक विना पूर्वाग्रह अगाडी बढाउॅंछन्’ उनले भने, ‘त्यस्तो कोहीँकत्तै भुलचुक भएछ भने त्यसलाई सच्चाईन्छ । तर, हामीले कुनै पक्षपातको नीति लिएका छैनौं।’

प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्लाको रुपनी गाउँपालिका–१ का किरण कुमार जयसवाल (राजु)ले गत साउन २३ गते उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दिएका थिए ।

अदालतका न्यायाधिसद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासबाट गत मंसिर २२ गते जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालयमार्फत गत माघ २४ गते नै सप्तरी प्रहरीलाई परमादेशको जानकारी पुगे पनि जाहेरी भने अझैं दर्ता गरेको छैन् ।

यो पनिः

पालिका अध्यक्षविरुद्ध डाँका मुद्दा : परमादेशको अढाई महिना, प्रहरीले अझैं दर्ता गरेन जाहेरी 

 

 

Author:



क्याटोगरी छान्‍नुहोस