तलब नपाएको भन्दै विष्णुपरका शिक्षकहरु आन्दोलित

राजविराज, १४ फागुन–वर्ष दिनदेखि तलब भत्ता नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुले आन्दोलित भएका छन् ।

सोमवार बसेको शिक्षक तथा कर्मचारीहरुको बैठकले तलब भत्ता नपाएसम्म गाउँपालिकाभरिका विद्यालय बन्द गरी धर्ना बस्ने निर्णय गरेको हो ।

एक वर्षदेखि तलब भत्ता नपाउँदा घर व्यवहार चलाउन अप्ठ्यारो परेको हुँदा बाध्य भई सम्पूर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको सामूहिक बैठकबाट सो निर्णय गरेको जनाएको छ ।

जमावि इटहरी विष्णुपुर हाटीको प्रधानाध्यापक कुशेश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकबाट मण्डलकै संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ ।

समितिको सदस्यहरुमा धनेश्वर साह, तेजनारायण यादव, सुनिलकुमार यादव, लालबहादुर यादव, सुमित्रादेवी मण्डल र सरोजदेवी मण्डल रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस