विस्फोटमा परेर मृत्यु हुनेको संख्या ३ पुग्यो

जनकपुरधाम – बाराको निजगढस्थित सहिद चोकमा रहेको रोहित वर्कसपमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

विस्फोटमा परेर घाइते भएका वीरगञ्जका रितु रजतको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते रजतलाई उपचारका लागि हिजै वीरगञ्जको बयोधा अस्पतालमा लगिएको थियो । हिजै वर्कसप सञ्चालक रेशम मगरको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो भने अर्का घाइते भारतीय नागरिक राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको थियो ।

हिजो दिउँसो वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा विस्फोट भएको प्रहरीको भनार्इ छ । घटनामा घाइते एक जनाको उपचार भइरहेको र एक जना भने उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस