दुध बेचेको ८ करोड वक्यौता उठाउन किसान आन्दोलित (भिडिओ) 

राजविराज– दुध बिक्री गरेको ८ करोडभन्दा बढी रुपैयाँ वक्यौता नपाएको भन्दै आन्दोलित सप्तरीका किसानहरुले पनि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापन–पत्र बुझाएका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा थालिएको आन्दोलन तहत उनीहरुले मंगलबार सिडिओ किरण थापालाई ११ बुँदे मागसहित ज्ञापन–पत्र बुझाएका हुन् ।

जिल्लाका किसानले उत्पादन गरेका दुध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी दुग्ध विकास संस्थान अन्तर्गका विराटनगर दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीहरुलाई विक्री वितरण गरिएका दुधको विगत ८ महिनादेखि भुक्तानी नपाएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

‘नेपाल सरकारले तोकेको मूल्यभन्दा कम आफुखुशी मूल्य तोक्ने, नियमित रुपमा दुध खरिद नगर्ने, आदी समस्या भई संघले विभिन्न सरोकारवालासँग छलफल गरी यो समाधानका लागि केन्द्रीय दुग्ध सहकारी संघले दुध विक्री वापतको रकम पाउनुपर्ने सहितका ०८० मंसिर २६ गते सरकारसँग सम्झौता भएको गरेको थियो । उक्त सम्झौता कार्यान्वयनको लागि माग गर्दछौं ।’, ज्ञापन–पत्रमा छ ।

त्यस्तै उक्त ज्ञापन–पत्रमा जिल्लाका दुग्ध किसानहरुले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजना लगायका अन्य निजी डेरी उद्योगीहरुले विगत ८ महिनादेखि ८ करोडभन्दा बढी वक्यौता बाँकी राखेको भुक्तानी यथाशिघ्र पाउनुपर्नेसहित ११ बुँदे माग गरिएको छ ।

दुग्ध उत्पादक सहकारी संघ सप्तरीका अध्यक्ष दिपेन्द्रकुमार आचार्य र सदस्य सचिव जगरनाथ मण्डलले हस्ताक्षर गरेको ज्ञापन–पत्रमा आन्दोलनका कार्यक्रमबारे पनि जानकारी गराइएको छ ।

यसअघि फागुन ९ गते समस्या र चुनौतिको समानार्थ अन्तरक्रिया गरेका किसानहरुले मंगलबार (फागुन १५ गते) सिडिओलाई ज्ञापन–पत्र, १७ गते दिउँसो १२ बजदेखि १ बजेसम्म पूर्व पश्चिम राजमार्गस्थित महुलीमा दुध पाखेर १ घण्टा चक्का जाम गर्ने र फागुन २१ गतेदेखि माइतिघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रमका कार्यक्रम रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस