जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

राजविराज–प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको आइतवार निधन भएको छ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट समानुपातिक सांसद रहेकी सांसद अन्सारीको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

६० वर्षीय अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन् ।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् ।

उनी हाल जसपाको पोलिटब्यूरो सदस्य थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस