बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २५ जना घाइते

जनकपुरधाम–बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

सोमबार साँझ रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रि बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए । दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको बागलुङ प्रहरी प्रमुख एसपी कँडेलले बताए।

Author:



क्याटोगरी छान्‍नुहोस