हरिपुरकी तत्कालीन उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम–सर्लाहीको हरिपुर नगरपालिकाकी तत्कालीन उप-मेयर रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्झौताअनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन उपमेयर काफ्ले, सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुमर तथा वडा नं १ का वडाध्यक्ष कुमार लामाले लखनदेवी खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै भएको भनी भुक्तानी दिन सिफारिस गरेका थिए ।

त्यस्तै, हरिपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर ८५ लाख १८ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

सोही तटबन्ध निर्माणका लागि बनेको हरिपुर-१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शमशेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूले खोलामा तटबन्ध नसकिँदै सकिएको भनी प्रतिवेदन बनाएको, बिल भर्पाई बनाएको, हाजिर हिनामिना गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780