जसपा सांसद हसिना खानले लिइन् शपथ

काठमाडौं–जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिश गरेको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन् । उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनालाई सिफारिस गरिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780