स्वास्थ्य उपकरण मुलुकभित्रै उत्पादन गर्नुपर्छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ–उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन गर्नु आवश्यक भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको तथ्य उजागर गरे । उनले सरकार र निजी क्षेत्रबाट गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको बताउँदै वार्षिक खर्बौं रुपैयाँ विदेश गइरहेको बताए । स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

अहिले मेडिसिन र फर्मा क्षेत्रमा भने मुलुकभित्रै उत्पादन ५० प्रतिशतमाथि रहेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी बढाउनु आवश्यक रहेको मन्त्री यादवले बताए । उनले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसके पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन गर्न सकिने र देशभित्रै बजारको ठूलो सम्भावना पनि रहेको उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस