मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम–मधेश प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले बिहिवार शपथ लिएका छन् ।

बिहिवारै मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेपछि नियुक्त भएका नेकपा माओवादीका भरतप्रसाद साह र युवराज भट्टराई तथा एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री पदको शपथ लिएका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । संसदीय दलका नेता समेत रहेका साह र एकीकृत समाजवादीकी नेतृ लुंगेलीको मन्त्रालय तोकिएको छैन भने माओवादीले उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर सो मन्त्रालयको जिम्मेवारी युवराज भट्टराईलाई दिइएको छ ।

त्यस्तै, नेकपा एमालेकी शारदा थापाले गृह तथा सञ्चार राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ गराए ।

Author:



क्याटोगरी छान्‍नुहोस