मोरङ प्रशासनले भन्यो-अनुमति लिएर मात्रै सभा, जुलुस गर्नु

विराटनगर–मोरङ प्रशासनले समन्वय गरेर मात्रै सभा, जुलुस, भेला र र्‍याली गर्न सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विहिवार सूचना जारी गर्दै अग्रिम समन्वय गरेर मात्रै राजनीतिक दलको सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत र्‍याली, भेला तथा प्रदर्शन नगर्न सूचना जारी गरेको हो ।

बुधबार विराटनगरको रानीमा दुई समूहबीच झडपभएपछि सो सूचना जारी गरिएको छ । रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस