गाउँपालिका अध्यक्षले कागज गरेपछि अस्पतालले दियो ‘बन्धक’ बनाइएको शव 

राजविराज-उपचारमा लागेको खर्च तिर्न नससक्दा बन्धक बनाइएको सप्तरीकी एक दलित महिलाको शव गाउँपालिका अध्यक्षले कागज गरेपछि विराटनगरस्थित विराट नर्सिङ होमले ५ दिनपछि शव दिएको छ ।

जेठ ३ गते मृत्यु भएकी जिल्लाको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी पत्नी ४२ वर्षीया श्यामाकुमारी रामको शव उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनाइएको थियो । सोमवार साँझ अस्पतालमा पुगेका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उपचारमा लागेको खर्चको बक्यौता जेठ १८ गतेभित्र तिर्ने भन्दै कागज गर्दै चेक दिएपछि अस्पतालले मंगलबार विहान शव दिएको हो ।

‘लामो समयसम्म अस्पताल प्रशासनसँग छलफल भयो र कागज गर्दे जेठ १८ गतेभित्र बक्यौता तिर्ने गरी चेक दिएको समेत दिएपछि अस्पतालले शव दिएको हो ।’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘अस्पतालले ३ लाख ७६ हजार छुट दिएको छ भने बाँकी ३ लाख ५० हजारको चेक जेठ १८ गते भुक्तानी हुने गरी दिएका छौं ।’

उपचारवापतको कुल साढे १२ लाख रुपैयाँमध्ये मृतक परिवारले ५ लाख २४ हजार बुझाइसकेका थिए ।

गत चैत ५ गते बोदेवरसाइन बजारबाट सिटि रिक्सामा घर फर्किदै गरेकी श्यामाकुमारीलाई स १ त ३२८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । विराट नर्सिङ होममा भर्ना गरिएकी उनको उपचारका क्रममा गत जेठ ३ गते मृत्यु भएको थियो ।

अस्पतालले उपचारमा लागेको खर्च तिरेपछि मात्र शव दिने बताएपछि विपन्न परिवारका मृतकका पति उमेश राम समस्यामा परेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780