कोशीको नीति तथा कार्यक्रम पारित

जनकपुरधाम–कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ ।

बिहीबारको प्रदेश सभा बैठकबाट सर्वसम्मतीले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् । आइतबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रदेशसभाको अर्को बैठक १ असार दिउँसो ३ बजे बस्नेछ । सो बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस