मिथिलाञ्चलमा बरसाईत पर्व मनाइँदै  

राजविराज–मिथिलाञ्चलमा विवाहिता महिलाले पतिको दिर्घायूको लागि मनाईने बट सावित्री अर्थात् बरसाइत पर्व बिहिवार धुमधामका साथ मनाइँदैछ ।

मैथिलाञ्चलकी महिलाहरुले मनाउने चाँडपर्वमध्ये सरसाइत पर्व एक महत्वपूर्ण पर्वका रुपमा रहेको छ । ब्रतालु महिलाले आजको दिन नयाँ बस्त्र धारण गरी वरको रुखमा धागोले रुखलाई बाँधेर पूजा गर्ने चलन छ ।

यसैक्रममा ब्रतालुले नाग नागिन, गौरी महादेव तथा ब्राम्हणबाट सम्बन्धित कथा श्रवण गरी पूजा गर्ने परम्परा छ । बट सावित्री पर्व मनाउन बिहानैदेखि ब्रतालु महिलाहरुले वरको रुपमा पूजा गरी पति तथा परिवारका सदस्यहरुको दिर्घायु कामनाका साथ दिनभरि निराहार ब्रत बस्ने गरेको बताउँछिन् ।

वरको रुखलाई आफ्नो पतिको प्रतिबिम्ब मानेर विवाहिता महिलाहरुले उक्त रुखलाई गर्मी नलागोस भनेर पंखा हम्किनुका साथै सेवा सुश्रुषा गर्ने प्रचलन पनि छ । ब्रतालु महिलाहरुले वरको पूजा गर्दा आँप, काक्रो, लिच्ची, बदामसहितका फलफुल चलाउने गरिन्छ ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको सम्झनामा पनि यो ब्रत महिलाहरुले वर्षेनी गर्दैआएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780