सप्तरीमा लाख रुपैयाँको ‘डिल’ भएपछि गाँ’जा कारोबारीलाई छाडियो

राजविराज, १५ असार–सप्तरी प्रहरीले पैसा कमाउने धन्दामा लागेको आरोप लागिरहेको बेला झण्डै एक लाख रुपैयाँको ‘डिल’ भएपछि एक गाँजा कारोबारीलाई छाडेको खुलासा भएको छ ।

बिहिवार राजविराज नगरपालिका–१० बिरौलबाट आधा बोरा गाँजासहित एक जना कारोबारीलाई पक्राउ गरिएको थियो । तर, जिल्ला प्रहरी कार्यालयमा ९० हजार रुपैयाँको ‘डिल’ भएपछि शुक्रबार राति उनलाई छाडिएको प्रहरी स्रोतले बतायो । ‘लामो समयसम्म रेकी गरेपछि उनलाई गाँजासहित समातिएको थियो तर लेनदेनमा लागेर मुद्दा नै रफादफा गर्नेसम्मको प्रयासमा छन् हाकिमहरु’ उनले भन्यो, ‘९० हजार रुपैयाँ लिएर मान्छेलाई छाडेका छन्, हुन त यहाँका लागि नौलो कुरा होइन तर गाँजा कारोबारसम्मलाई छाड्नु गलत हो ।’

उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयमा आधाभन्दा बढी घटनाहरु लेनदेनमै टुंग्याइने गरेका छन् । ‘धेरै घटनाहरु सर्वसाधारण, सरोकारबाला वा तपाई (पत्रकार)हरुलाई थाहा पनि दिइदैन र घटना घटेसँगै बजारभरि रहेका एजेन्टहरु सक्रिय हुन्छ अनि लेनदेनमा मिलाइन्छ’ उनले थपे, ‘जागिरको सवाल हुँदैन्थ्यो भने म आफैं पनि बोल्थे तर के गर्नु परिवार पाल्नु परेकोले बाध्यता छ ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज नेउपानेले गाँजासहित पक्राउ परेकी महिलालाई एक वर्षको बच्चा रहेकोले हाजिरी जमानीमा छाडिएको बताए । ‘गाँजाको कारोबार उनका श्रीमानले गर्ने गरेको बुझिएको छ तर उनी फरार  छन्’ उनले भने, ‘पैसा लेनदेन विषय गलत हो ।’

पक्राउ परेकी महिलाको पहिचान के हो भन्ने प्रश्नमा प्रहरी नायव उपरीक्षक नेउपानले भने, ‘म अलि बाहिर छु, कार्यालय पुगेपछि मात्र भन्न सकिन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780