उच्च अदालत जनकपुरमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

जनकपुरधाम, १ साउन–उच्च अदालत जनकपुरमा आर्थिक वर्ष २०८०/०८१मा ७१ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट भएको छ ।

उच्च अदालत जनकपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै सबै भन्दा बढी मुद्दाको फर्छ्यौट भएको जनाएको छ ।

सो वर्षमा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरिएको मुख्यन्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । उनका अनुसार तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतबढी मुद्दाको फर्छ्यौट भएको हो ।

उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको छ । आर्थिक वर्ष २०८०/०८१मा २ हजार ९ सय ७६ मुद्दा सरी आएका र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ मुद्दा मध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको मुख्यन्यायाधीश पौडेलले बताए ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस