महोत्तरीको जलेश्वरमा ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

जनकपुरधाम–महोत्तरीको जलेश्वर नगरपालिका–९ स्थित ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

मोहरम्म पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको दाहा मेला हेर्न उनीहरू ज १ त८०४४ नम्बरको ट्याक्टरमा त्यसतर्फ गइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका थिए । सोही क्रममा जलेश्वर नगरपालिका–९ स्थित परिकौली चौक नजिकै ट्याक्टर दुर्घटना भएको हो ।

चालकले तीव्र गतिमा ट्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस