ठगी र आर्थिक अपचलनको आरोपमा राजविराज जेसिजका निवर्तमान अध्यक्ष सिद्धार्थ पक्राउ

राजविराज, ४ साउन–सहकारी ठगी तथा आर्थिक अपचलन गरेको आरोपमा राजविराज जेसिजका निवर्तमान अध्यक्ष सिद्धार्थ तातेर पक्राउ परेका छन् ।

उनी राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव समेत हुन् । सहकारीमा बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४५ जना बचतकर्ताहरूले दिएको उजुरीका आधारमा तातेडलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

उनका अनुसार सहकारीका सचिव तातेडसहितका सञ्चालक समिति विरुद्ध सहकारीले पनि आर्थिक अपचलनको उजुरी छ ।

राजविराज नगरपालिका वडा नं ३ का वडा सदस्य समेत रहेका तातेडसहितले बचतकर्ताको डेढ करोड रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख रहेको छ भने सहकारीको दुई करोेड ३८ लाख रुपैयाँ अपचलन गरेको जनाएको छ ।

पक्राउ परेका तातेडलाई शुक्रबार नै ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको डिएसपी नेउपानले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार