मधेश कृषि विश्वविद्यालयका सरकारी बसमा निजी नम्बर प्लेट राखेर गुडाइँदै

राजविराज, ६ साउन–मधेश कृषि विश्वविद्यालयको सरकारी बसमा निजी नम्बर प्लेट राखेर गुडाइने गरेको पाइएको छ ।

मधेश प्रदेश सरकारले ६७ लाख ९८ हजार रुपैयाँमा खरिद गरेको उक्त बस भौतिक पूर्वाधार विकास मन्त्रालयले ०७९ वैशाख ७ गते नै विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो । तर, दुई वर्षभन्दा बढी भइसक्दा पनि प्रदेश २–०२–००१ख ००७७ नम्बरको सरकारी बसमा कालो नम्बर प्लेट (भाडा लिएर यात्रु बोक्ने बस) राखेर गुडाउँदै आएको छ ।

कार्यकारी जिम्मेवारीमा रहेका विश्वविद्यालयका रजिष्ट्रार डा.श्रीभगवान ठाकुरले बसको सेतो नम्बर बनाउने विषयमा गम्भीरता नदेखाउँदा दुई वर्षदेखि कालो नम्बर प्लेटकै गुडाउने बाध्यता रहेको विश्वविद्यालय स्रोतले बताए ।

‘कालो नम्बर प्लेटको बस गुडाउन रुट परमिटसहितका विषयहरुले झनझटिलो छ र समस्या हुँदै आएको छ पनि तर रजिष्ट्रार ज्यूलाई मतलबै देख्दिन’ उनले भने, ‘खैं?, के केमा व्यस्त रहनुहुन्छ, बस पाएको दुई वर्षभन्दा बढी समय भइसक्यो नि त ।’

सरकारी बसमा कालो नम्बर प्लेट राखेर चलाइनु कानून विपरित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक मेदनी साहले बताए । ‘त्यस्तो पाइए कानूनअनुसार कारबाही हुन्छ’, उनले भने ।

रजिष्ट्रार डा.ठाकुरले बसमा सेतो नम्बर प्लेट बनाउने प्रक्रियामा रहेको बताए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्राचार पनि गरेका थियौं तर मन्त्रालयले चासो नदिँदा बसमा सेतो नम्बर प्लेट बनाउन सकिएको छैन्’ उहाँले भन्नुभयो, ‘यद्यपी, प्रक्रियामा छौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार