मलेसियाबाट घर फर्काइएका १३ युवक दिल्लीमा अलपत्र

राजविराज, ३२ साउन । मलेसियाबाट घर फर्काइएका सप्तरी, सिरहा र बाराका १३ जना युवकलाई दिल्लीमा अलपत्र परेका छन् ।

सप्तरीका संतोष साह, चिन्टु मण्डल, अविनाष मण्डल, अनिल मण्डल, हेमन्त साह, अर्जुन साह र बीरेन्द्र यादव, सिरहाका मोहन साह, दिलिप यादव, कृष्णा यादव, सर्मेशकुमार यादव र रुपेश यादव तथा बाराका पञ्चलाल बाइबा दिल्लीमा अलपत्र परेका हुन् भने सप्तरीका इर्नजित साह र धर्मनाथ यादव अझैं मलेसियामै अलपत्र छन् ।

उनीहरु गत जेष्ठ १२ गते वैदेशिक रोजगारीका लागि काठमाडौंस्थित जेपी ओभरसिज प्रा.लि.पिंगलास्थान गौशालामार्फत मलेसिया पुगेका थिए । काम नपाएर खान बस्न समस्या खेपिरहेका उनीहरुबारे समाचार सार्वजनिक भएपछि गत बुधवार मलेसियादेखि नयाँ दिल्ली र नयाँ दिल्लीदेखि काठमाडौंको रुट हुँदै घर फर्काइएको थियो । घर फर्काउने सहमतिअनुसार गत बुधवार साँझ ७ बजे नै मलेसियास्थित कोलालम्पुर एयरपोटबाट नयाँ दिल्लीका लागि उडेको सिरहाको भगवानपुर गाउँपालिका–३ गर्साहाका सर्मेशकुमार यादवले बताए ।

‘नयाँ दिल्लीमा दुई दिन बसेर आज शुक्रवार विहान ७ बजे नै नयाँ दिल्लीदेखि काठमाडौं जान हामीलाई टिकट दिइएको थियो तर टिकट नै डुब्लिकेट हो, दुई दिनसम्म हामीलाई खान र बस्न दिन्छ भन्ने सहमति थियो तर कोही खोजी गर्न पनि आएन र फोन पनि उठाउँदैन’ उनले भने, ‘हामीसँग एक रुपैयाँ पनि छैन्, दुई दिनसम्म भोकभोकै सडकमा बसेर रात काटेको छु ।’

उनीहरु सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएका एजेन्टहरू रामचन्द्र साह र सन्तोष साह, शितल मडर, सिराहाका रामशंकर यादव र कृष्णा यादव तथा बारा निजगढका राहुल साहमार्फत जेपी ओभरसिजमा पुगेका थिए ।

एजेन्टहरुले प्रतिव्यक्ति ३ लाखदेखि साढे ४ लाख रुपैसम्म लिएर जेपी ओभरसिजमार्फत मलेसियाको सुनगइ बुलोह सेलेंगरस्थित जोलानो डिजाइन एसबीमा फर्निचरको काम गर्न पठाएको थियो । तर, उनीहरुलाई बिजुलीको पोल गाडने काममा लगाउँदै आएका थिए ।

सो विषयमा जेपी ओभरसिज प्रा.लि.का प्रतिनिधि बिनोद ढंगुनाले सात जनाको टिकट राति नै पठाइसकेको बताए । ‘बाँकीको पनि रामशंकरसहितकाले आजैसम्म टिकट पठाइसक्ने र भोलीसम्म सबै काठमाडौं आइसक्नेछ’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780