राजगढ गाउँपालिकामा सडक बोर्डको लाखौं रुपैयाँ दुरुपयोग

राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा सडक मर्मतको नाममा गर्दा सडक बोर्डको लाखौं रुपैयाँ दुरुपयोग गरेको पाइएको छ ।

सडक बोर्डको निर्देशिका अनुसार स्थानीय तहले सडक बोर्ड अन्तर्गत विनियोजित रकमबाट खर्च लेख्दा १० प्रतिशत जनश्रमदान, २० प्रतिशत स्थानीय तहको लागत सहभागिता र ७० प्रतिशत बोर्डको लागत सहभागिता हुने गरी लागत अनुमान गरी खर्च गर्नुपर्ने छ । तर, गाउँपालिकाले ०८० वैशाख १८ गते वडा नम्वर १ को कोशी पम्प नहरदेखि वडा नम्वर ६ विष्णुपुरको सिमानासम्म सडक मर्मत कार्य गर्दा जनश्रमदानबाहेक ३५ लाख ६८ हजार ९३१ रुपैयाँ बोर्डकै बजेटबाट खर्च गरेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा ७ लाख १३ हजार ७८६ रुपैयाँको प्रमाण पेश नगरेको ठहर गर्दै उक्त साझेदारी रकम फिर्ता गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै, जमुवा कट्टी टोल सडक मर्मत कार्य पनि सडक बोर्डको २ लाख ४९ हजार ६९७ रुपैयाँ बढी खर्च लेखेको प्रतिवेदनमा उल्लेख रहेको छ । उक्त सडक मर्मत गर्दा जनश्रमदान बाहेक २६ लाख ४८ हजार ४८६ रुपैयाँ खर्च लेखेकोमा बोर्डकै २३ लाख ६८ हजार ४८६ रुपैयाँ निकासा दिएको छ ।

बोर्डको बजेट बढी खर्च गरेको २ लाख ४९ हजार ६९७ रुपैयाँ फिर्ता गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780