पत्रकार महासंघ शाखा सप्तरीमा अनिश्चितकालिन तालाबन्दी

राजविराज–पत्रकारमाथि भएको दुर्व्यवहार घटनामा अध्यक्षले संस्थालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रेस मञ्च नेपाल सप्तरी तथा उपाध्यक्ष, सचिव र कार्यसमितिका सदस्यहरुले नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

शुक्रवार प्रेस मञ्च नेपाल, सप्तरीका अध्यक्ष भूषणकुमार सिंह तथा महासंघका उपाध्यक्ष वैद्यनाथ यादव, सचिव रामनारायण विश्वास र कार्यसमितिका सदस्य लगायतका पत्रकारहरुले नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

पत्रकारमाथि दुर्व्यवहार भएको १६ दिन भइसक्दा पनि महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले महासंघलाई अनिर्णयको बन्दी बनाई मौनता साधेको विरोधमा तालाबन्दी गर्नुपर्ने बाध्यता आइलागेको मञ्चका अध्यक्ष सिंहले बताए । ‘पत्रकार महासंघको मुख्य दायित्व नै पत्रकारको पेशागत र भौतिक सुरक्षा गराउनु हो तर महासंघका अध्यक्षले त्यसतर्फ गम्भीरता देखाएकै छैन्’ उनले भने, ‘बाध्य भएर पीडित पत्रकारलाई न्याय दिलाउन, प्रेस स्वतन्त्रता कायम गराउन, पत्रकारको मर्यादा र सम्मान स्थापित गराउन, महासंघ नेतृत्वको कार्यशैली सुधार गराउन हामीले संघर्ष थालेका छौं ।’

गत साउन २२ गते समाचार संकलनका लागि जिल्लाको राजगढ गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् कान्तिपुर टिभीका सप्तरी सम्वाददाता रामनारायण विश्वास, कोषाध्यक्ष एवम् राजविराज दैनिकका प्रकाशक नवीन कुमार गुप्ता र कार्यसमिति सदस्य एवम् नेपाल समाचारपत्रका सम्वाददाता समेत रहेका मधेशलाइभका कार्यकारी सम्पादक विद्यानन्द रामलाई गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितका उनका आसेपासेले दुर्व्यवहार गर्दै सञ्चार उपकरण खोसेर थुनेर आक्रमणको प्रयाससम्मे गरेका थिए ।

घटनापछि महासंघका अध्यक्ष देव समेतको उपस्थितिमा लिखित निर्णय गरेर साउन २३ गते प्रहरीमा जाहेरी दिइएको थियो । तर, उक्त जाहेरी अझैंसम्म दर्ता हुन सकेको छैन् भने अध्यक्ष देवले समाजिक न्यायको नाममा मिलापत्रमा जोड दिँदै आएको पीडित पत्रकारहरुको गुनासो छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780