ठक्करबाट युवकको मृत्यु भएपछि हनुमाननगर बजार तनावग्रस्त

राजविराज–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बसको ठक्करबाट बिहीबार साँझ एक युवकको मृत्यु भएपछि शुक्रबार बिहानैबाट हनुमाननगर बजार तनावग्रस्त बनेको छ ।

भारदह–राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी–७ का २२ वर्षीय धुरुप मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थियो । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।

घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरेका थिए । शुक्रबार पनि स्थानीयहरूले हनुमाननगर बजार बन्द गराउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780