छात्रवृत्ति रकमसम्म खाएको भन्दै प्रअ गुप्तासहित तीन जनामाथि भ्रष्टाचार मुद्दा

राजविराज, १५ असोज–सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रधानाध्यापक दिलिपकुमार गुप्तासहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रधानाध्यापक गुप्ताले आव ०७१/०७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको पहिलो किस्ता, विद्यार्थीहरुको नाममा विभिन्न शीर्षकमा आएको विभिन्न आर्थिक वर्षहरुको छात्रवृत्ति रकम, आव ०७३/०७४ मा निकासा भएको पीसीएफ अनुदानवापतको रकमसमेत शिक्षक नराखी हिनामिना गरेको अख्तियार दावी छ ।

उनीउपर ६ लाख ४९ हजार ९ सय १६ रुपैयाँ बिगोका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय समेत मागदाबी लिइएको छ ।

त्यस्तै, विद्यालयका मुखिया श्रवण कुमार चौधरीले प्रधानाध्यापक गुप्तासँग मिलेर छात्रवृत्तिको रकम ३ लाख १० हजार ४ सय, पी.सी.एफ. शिक्षक तलबभत्ताको रकम १ लाख ५० हजार ६ सय ८६ रुपैयाँ र पाठ्यपुस्तकको नक्कली विल बनाई १ हजार २६ हजार २ सय ४७ रुपैयाँ निकासा लिई मनोमानी ढंगले सरकारी रकम हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ ।

उनीउपर ५ लाख ८७ हजार ३ सय ३३ रुपैयाँ र विद्यालयका शिक्षक हृदयराम चौधरीउपर पनि ६२ हजार ५ सय ८३ रुपैयाँ बिगो, कैद र जरिवाना माग दावी लिइएको छ । हृदयरामले शौचालय निर्माणको लागि निकासा लिएको २ लाख रुपैयाँमध्ये १ लाख ३७ हजार ४ सय १६ रुपैयाँको मात्र काम गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार