व्यवसायीहरुको दुखेसो–मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

राजविराज, १७ असोज–नेपालीहरुको महान चाड बडादशैंको बेला पनि व्यापार ठप्प रहेको भन्दै राजविराजका व्यवसायीहरुले दुःख पोखेका छन् ।

बिहिवार सप्तरी उद्योग वाणिज्य संघले बडादशैं, दिपावल, छठ पर्व र नेपाल सम्वत् ११ सय ४५ को अवसरमा आयोजना गरेको ‘शुभकामना आदान–प्रदान कार्यक्रम’ मा उनीहरुले दुःख पोखेका हुन् । ‘व्यवसायी गर्न थालेको ४–५ दशकभन्दा बढी भइसक्यो तर यस्तो अवस्था कहिले पनि आएको थिएन, घटस्थापना जस्तो दिनमा पनि एक रुपैयाँको बोहनी भएको छैन्’ नागरिक समाजका संस्थापक अध्यक्ष समेत रहेका कपडा व्यवसायी थानसिंह भन्सालीले भने, ‘अब योभन्दा खराब समय व्यवसायीका लागि के नै हुनसक्छ ?, त्यै पनि मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ ।’

उनले व्यवसायी गर्ने वातावरणतर्फ ध्यान पुर्याइन दिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह समेत गरे । ‘पारी (भारत)तिरका बजार व्यवसाय फस्ट्याएको छ तर हाम्रोतिर व्यवसायी बाँच्नै मुस्किल भइसक्यो, यसतर्फ ध्यान जाओस् सिडिओ सा’ब’, उनले भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय कार्यकारिणी सदस्य अरुणकुमार प्रधानले अहिले उद्योगी–व्यवसायीदेखि राजविराजवासी सबैतिरबाट मारमा परेको बताए । ‘उद्योगी–व्यवसायी त समस्या छन् नै, यहाँका सर्वसाधारण पनि विटौरी जग्गाको लालपुर्जा पाउन नसकेर समस्यामा छन्’ उनले भने, ‘त्यसरी नहुँदा व्यवसायदेखि सर्वसाधारणलाई अत्यावश्यक कामका लागि जग्गा बैंकमा धितो पनि राख्न पाइरहेको छैन् ।’

उनले जनप्रतिनिधि र सरोकारबालालाई यसमा गम्भीरता देखाउन आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले व्यवसायीहरुको समस्या समाधानका निम्ति पहल गर्ने प्रतिवद्धता जनाए । ‘अहिले देशभरि नै विपद्को कारणले सबैतिर समस्या भइरहेको छ, यद्यपी व्यवसायीहरुको समस्या समाधानका निम्ति हामी गम्भीर छौं ।’, उनले भने ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार