सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारले दियो जनही एक लाख

जनकपुरधाम–सिमलताल बस दुर्घटनामा परी मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक÷एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक/एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक/एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री सिंहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरणका आधारमा चेक वितरण गरेको बताए ।

गएको २८ असारमा नारायणगढ–मुग्लिङ सडकस्थित सिमलतालमा दुइवटा बस दुर्घटनामा परेको थियो । दुर्घटनामा पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले ज्यान गुमाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार