बोदे बर्साइन नगर व्यापार समितिका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

सप्तरी, १८ असोज–बोदे बरसाईन नगर व्यापार समितिका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपद लिँदै पदभार ग्रहण गरेका छन ।

शुक्रबार सप्तरीको बोद बरसाईन नगरपालिका–५ स्थित गुदरी हाटमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिँदै पदभार ग्रहण गरेका हुन । हालै सम्पन्न निर्वाचनबाट बोदे बरसाईन नगर व्यापार समितिका अध्यक्षमा देवनारायण साह, उपाध्यक्षमा राधेश्याम भगत, नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह र कोषाध्यक्षमा ज्योतिदेवी अग्रवाल निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यहरुमा राजकुमार साह ‘बिरेन्द्र’, मनोजकुमार यादव, मिथलेशकुमार यादव, प्र्रमोदकुमार साह, भदौदेवी साह, अझर अली, लक्ष्मी साह, महेशकुमार साह, पशुपति साह र आसुतोष कुमार यादव निर्वाचित भएका थिए ।

सप्तरी उद्योग वाणिज्य सघका अध्यक्ष लालुप्रसाद अग्रवालले नगर समितिका अध्यक्ष साहलाई शपथ ग्रहण गराएका छन् भने त्यसपछि नवनिर्वाचित अध्यक्ष साहले अन्य पदाधिकारीहरुलाई तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिह यादवले कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण–पत्र विततरण गरेका थिए । सो अवसरमा उनले नयाँ कार्य समितिलाई शुभकामना दिँदै आफनो पेशागत हकहितका साथै आम उपभोक्ताको हितको समेत ख्याल राख्न उद्योगी व्यवसायीहरुलाई सुझाव दिए ।

उनले अहिले व्यापारीहरु समस्या परेको भन्दै उक्त समस्या समाधानका लागि आफुले पनि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालले दशैं लगायतका ठुला चाडपर्व सुरु भइसक्दा पनि बजारमा रौनक नदेखिएको बताउँदै भने– ‘मुटुमाथि ढुंगा राखि हास्नु पर्या छ ।’

बजारमा भन्सार छलिका समान छ्याप छ्रयाप्ती विक्री भइरहेको बताउँदै उनले यसले स्थानीय व्यापारमा धक्का पुर्याएको र बैंकको ब्याजले अझ पीडित बन्न पुगेका व्यापारीलाई अनुगमनका नाममा प्रशासनबाट दुःख दिने काम भइरहेको भन्दै आक्रोश पोखे ।

कार्यक्रममा प्रदेश सांसद अनिरुद्धप्रसाद सिह यादव, संविधानसभा सदस्य सुरेन्द्र यादव, बोदे वरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिह, महिला नेतृ डा.बबी सिह यादव लगायतले पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार