दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०र५० हजार धरौटी लिन आदेश गरेको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए ।

प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस