छिन्नमस्तामा तेस्रो संस्करणको राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

राजविराज, १९ असोज–बडादशैंको अवसरमा पारेर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ ।

गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको शनिबार आयोजित एक कार्यक्रमबिच उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

तीन वर्षयता वर्षेनी बडादशैंको बेला राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा छिन्नमस्ता–बी टिमलाई नेपाल प्रहरी सप्तरीले ३–० ले पराजित गरेको छ ।

उक्त प्रतियोगितामा जम्मा ८ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ । आयोजककाअनुसार प्रतियोगितामा प्रथम टिमलाई १ लाख १ हजार शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ भने द्वितीय हुनेलाई ५१ हजार रुपैयाँ शिल्ड र प्रमाण–पत्र प्रदान गरिनेछ ।

वडा नम्वर ३ सखडा बजारस्थित खेलमैदानमा आयोजना गरिएको उक्त प्रतियोगितामा चार÷चार वट टिमको ग्रुप रहेको छ । प्रतियोगिताको फाइनल खेल भने असोज १५ गते हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार