बोर्डरमा मिलान, बोदे बरसाईनमा छापामारी

रामशंकर भण्डारी
बोदे बरसाईन (सप्तरी)–सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित गोदाममा छापामारी हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको अवैध सरसमान बरामद भएको छ ।

राजविराज भन्सार कार्यालयबाट प्रस्तावित सीमा सुरक्षा गुल्म पातोका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेल, नेपाल प्रहरी सम्मिलित टोलीले सोमबार छापामारी गरेको हो । छापामारीको खबर पाएसँगै गोदाममा ताल्चा लगाएर सञ्चालक सम्पर्क बनेका थिए ।

तल्चा फुटाएर छापामारी गर्दा उक्त गोदामबाट २ लाख ७२ हजार बराबरको अवैध २६ बोरा चिनी, ८ बोरा मसुरो दाल, १ सय ८५ किलो सर्फ, बिस्कुट, बच्चाका कपडासहितका सरसामान बरामद भएको हो । प्रहरीका अनुसार उक्त गोदाम स्थानीय व्यवसायी मो.रहमुलको हो ।

उनी बोदे बरसाईन बजारमा प्रवेज किराना पसल संचालक समेत हुन् ।

राजविराज भन्सार कार्यालयकाका सूचना अधिकारी नायब सुब्वा अजयप्रसाद भगतले सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार संयुक्त टोलीले मो.रहमुलको घरमा रहेको उक्त गोदाममा छापामारी गरेको बताए ।

उक्त अवैध सरसमानबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीयहरुका अनुसार केही समययता स्वर्णपट्टी र सोनापुर नाका हुँदै निर्वाद रुपमा तस्करी हुँदै आएको छ । प्रहरीसँगकै ‘सेटिङ’ मा तस्करी हुँदै आएपनि लेनदेन नमिलेपछि छापामारी गरेको स्थानीयहरु बताउँछन् ।

‘हामी व्यापार गर्नेले के बोल्नु ? बोर्डरमा सशस्त्र प्रहरीले मिलान गरेर छाड्छ र यता व्यापारीलाई हैरान पार्छ, नभए बोर्डरमा सशस्त्र प्रहरी मात्रै होइन, बरसाईनदेखि स्वर्णपट्टी, सोनापुर र काचनसम्म नेपाल प्रहरी पनि हुन्छ अनि अवैध माल कसरी बजार आयो त ?’, एक व्यवसायीले भने, ‘हप्ता बुझ्नेहरुलाई एक पटक सोध्नुहोला ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780