डाक्नेश्वरीमा ७२.२४ प्रतिशत मतदान, कुन वडामा कति ?

राजविराज, १६ मंसिर–स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा प्रारम्भिक ७२.२४ प्रतिशत मतदान भएको छ ।

निर्वाचनका कार्यालयका अनुसार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म वडा नम्बर १ र ४ मा गरी प्रारम्भिक ७२.२४ प्रतिशत मतदान भएको हो । वडा नम्बर १ अन्तर्गत राप्रावि बलटीमा १ हजार ७४ मध्ये ७३८ मत खसेको छ भने सोही वडाको मावि कविलासा (क) मा ७५६ मध्ये ५५४ र मावि कविलासा (ख) मा ७९३ मध्ये ५५३ मत खसेको छ ।

त्यस्तै, वडा नम्बर ४ अन्तर्गत राप्रावि भुतही (क) मा ६४४ मध्ये ४७३ र राप्रावि भुतही (ख) मा ६७५ मध्ये ५१३ जनाले मतदात गरेका छन् ।

दुवै वडामा कुल ३ हजार ९४२ मतदातामध्ये २ हजार ८३१ जनाले मतदान गरेको निर्वाचन कार्यायल सप्तरीले जनाएको जनाएको छ ।

दुई वटै वडामा वडाध्यक्ष पदका लागि १६ जना चुनावी मैदानमा छन् । वडा नम्वर १ बाट ८ र ४ बाट पनि ८ जना नै चुनावी प्रतिष्पर्दामा रहेका छन् ।

उपनिर्वाचन अन्तर्गत देशभरमा प्रारम्भिक ६२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार दिउँसो पाँच बजेसम्म प्रारम्भिक ६२ प्रतिशत मतदान भएको हो ।

उपनिर्वाचन अन्तर्गत स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि मतदान भएको जनाइएको छ ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780