जनप्रतिनिधि सवार राजविराज नपाको स्कर्पियोले ठक्कर दिँदा दुई जना गम्भीर

बोदे बरसाईन, १ माघ–जनप्रतिनिधि सवार सप्तरीको राजविराज नगरपालिकाको स्कर्पियोको ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् ।

मंगलबार विहान हुलाकी राजमार्ग अन्तर्गत बोदे बरसाईन नगरपालिका–५ स्थित स १ झ ४८१ नम्बरको स्कर्पियोले को ३० प २७३७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पश्चिमतर्फ गइरहेको स्कर्पियोको ठक्करबाट मोटरसाइकलमा सवार बोदे बरसाईन नगरपालिका–१ घनगढी बस्ने मोटरसाईकल चालक १५ वर्षीय राजेश कुमार यादव  र सोही ठाउँ बस्ने २१ वर्षीय अजित कुमार यादव गम्भीर घाइते भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार ठक्करबाट गम्भिर घाइते भएका चालक राजेशलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

स्कर्पियो नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उता, ठक्करपछि चालक विनोद साहले स्कर्पियोसहित भागेका थिए । उक्त स्करर्पिओ प्रहरी चन्हीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए ।

प्रत्यक्षदर्शीका अनुसार उक्त स्करर्पियोमा राजविराज नगरपालिकाका एक जना जनप्रतिनिधि र अन्य ४–५ जना पनि सवार थिए । बिदाका दिन उक्त स्करर्पियो कुन प्रयोजनका लागि कहाँ गइरहेको भन्ने विषयमा बुझ्न राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत प्रविणसँग सम्पर्क गर्दा फोन उठेन ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780