रामशंकर भण्डारी
राजविराज-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका मयेरका प्रत्यासी राहुल मण्डलसहित सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)नेपालमा प्रवेश गरेका छन् ।
जनतासँग जसपा नेपाल : आधारभुत संगठन निर्माण अभियान बृहत पार्टी प्रवेश कार्यक्रम ईनर्बामा बुधबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु जसपा नेपालमा प्रवेश गरेका हुन् ।
जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिकाका नगरका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी मण्डलसहित नेताकार्यकर्तालाई टिका, माला र गम्छा ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिति समेत रहेका जसपा अध्यक्ष यादवले काग्रेस र एमालेको नेपालमा ३५ सालदेखिको शासनले देश विश्वकै गरिब र पिछिडिएको अवस्थामा पुगेको टिप्पणी गरेका थिए । उनले भने कांग्रेस-एमाले फुटको राजनैतिककै कारण मधेशवादी दलहरु चार टुक्रामा बाँडिएकोले मधेशी जनता दुःख भोगि राखेको बताए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह शासकबाट अधिकार लिन सम्पुर्ण मधेशी जनता एक हुनु आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रीय सचिव एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मधेश प्रदेश जनमतको सरकार जसपा नेपालले गरेको कामलाई बिगार्ने काम बाहेक विकासको नाममा शुन्य रहेको बताए । उनले भने जसपाको सरकारले स्थापना गरेका मधेश विश्व विद्यालय जनमतकै कारण लथालिङग रहेको उदाहरण रहेका छन् ।
कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्घ कुमार सिंह यादव, केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादवलगायतका केन्द्र प्रदेश जिल्ला स्तरीय नेता तथा स्थानीय कार्यकर्ताहरुले बोलेका थिए ।
नेता निलेश कुमार झाले संचीलन गरेको कार्यक्रममा नगर समिति सहअध्यक्ष जितेन्द् कुमार खड्गाले स्वागत मन्तव्य राखेका थिए ।