राजविराज नगरले अदालतलाई टेरेन, मेयरकै उपस्थितिमा आदेशको अवज्ञा (भिडिओ)

राजविराज–सप्तरीको राजविराज नगरपालिकाले अदालतको आदेशको अवज्ञा गरेको पाइएको छ ।

वडा नम्बर ३ मा कित्ता नम्बर ६२६, ६२७ र ६२९ का जग्गामा अवस्थित घरको कम्पाउन्ड वाल छलफल नभएसम्मका लागि यथास्थितिमा रहन दिनु भनि उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उत्प्रेषण मिश्रित निषेधाज्ञाको आदेश जारी भएको थियो ।

गत आइबार अदालतका न्यायाधिस वामदेव ज्ञवालीको एकल इजलासबाट सो आदेश भएको थियो । तर बुधवार नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविनको उपस्थितिमा सो आदेशको अवज्ञा गर्दै डोजर लगाएर घरको कम्पाउन्ड भत्काइदिएको छ ।

जग्गाधनी कली मुज्जमा खाँले नगरपालिकाकालाई विपक्षी बनाई अदालतमा दायर गरेको मुद्दाको आदेशमा अदालतले दुवै पक्षलाई सुनेर मात्रै निष्कर्षमा पुग्न उपयुक्त रहेको हुँदा माघ २१ गते सोमबार आदेश छलफलका लागि पेशी समेत तोकेको थियो ।

जग्गाधनी खाँले पनि उक्त आदेशको प्रतिलिपी फ्लेक्स प्रिन्ट गराएरै आफ्नो कम्पाउन्ड वालमा लगाएका थिए । तर, ती आदेशको प्रतिलिपी पनि च्यातेर डोजर लगाइएको जग्गाधनी खाँको भनाई रहेको छ ।

यता, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर प्रविनले अदालतको आदेशबारे जानकारी नै नरहेको बताएकी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780