काठमाडौं । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ ।
इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक र कैदीहरूको यो अन्तिम आदानप्रदान थियो ।
हमासले हस्तान्तरण गरेका चार बन्धकको शव अझै पहिचान हुन सकेको छैन । तर, हमासले उनीहरूको नाम सार्वजनिक गरेको छ ।
हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीय इत्जिक अलग रात समावेश छन् ।
उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् । बीबीसी